माओवादी घटकहरूको बैठक बालुवाटारमा सुरु

Bhugolpark

२६ फाल्गुन, २०७९,१०:४२

२६ फागुन, काठमाडौं ।भूगोल पार्कले निरन्तर देशविदेशको राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, पर्यटन, मनोरञ्जन आदि विभिन्न विधामा कलम चलाई रहेको छ।

आज भने १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका विषयलाई लिएर प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेको र सो रिट बिहीबार ‘हेर्न नभ्याइने’मा परेपछि अर्को पेसी शुक्रबार आजका लागि सारिएको विषय लिएर आएका छौं।

सोही विययलाई लिएर माओवादी घटकहरूको बैठक बालुवाटारमा सुरु भएको छ।सो बैंठकले अहिले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गर्ने बुझिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताहरू सहभागी छन् ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरू नजिकिएका छन् । यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरूको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । माओवादी घटकका नेताहरू संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत् टुंगो लगाउनुपर्छ भन्नेमा एकमत छन् ।

सरकारले बिहीबारमात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।



262 Views

Comments