रामचन्द्र पौडेल भारी मतान्तरले राष्ट्रपतिमा निर्वाचित

Bhugolpark

२५ फाल्गुन, २०७९,१७:०५

२५ फागुन,काठमाडौँ। भूगोल पार्कको तर्फबाट नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई एवं सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना !

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार पाए । पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१ प्रतिशतभन्दा धेरै हो । त्यसैले पौडेल पहिलो चरणबाटै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेललाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा उम्मेदवार बनेका थिए । एमालेका नेम्वाङलाई आफ्नो दलको मात्रै समर्थन थियो । 

संघीय संसदका सांसद र प्रदेशसभाका सांसदहरूले मतदान गरेका थिए । 



823 Views

Comments