राष्ट्रपतिमा मतदान गरी फर्किने क्रममा सांसद् न्यौपाने लडेर घाइते

Bhugolpark

२५ फाल्गुन, २०७९,१२:५८

२५ फागुन,काठमाडौं : प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा न्यौपाने सिढीबाट लडेर घाइते भएका हुन् ।

न्यौपानेको टाउकोमा चोट लागेको छ ।  लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । 

नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।



271 Views

Comments