सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा आजै दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

Bhugolpark

२५ फाल्गुन, २०७९,१०:५६

२५ फागुन,काठमाडौं। भूगोल पार्ककले देशविदेशको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, पर्यटन आदि विविध विषयमा समाचार लेखिरहेको छ।

आज भने सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको विषय लिएर आएका छौं।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा उक्त विधेयक आजै दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा २३ फागुन, काठमाडौं रिट दर्ता भएको थिएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ लगायत पूर्वमाओवादीहरू त्रसित बन्दै गएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए।उनले माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्याङ्क गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए।सोही विषयलाई आधार मानेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। 

उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गरिएको रिट गत मंगलबार दर्ता भएको थियो।

साथै आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाएर यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय भएको सचिवालयको भनाइ छ।



205 Views

Comments