हिमालयन बैंकद्वार स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी स्मार्टच्वाईससँग सम्झौता

Bhugolpark

२४ फाल्गुन, २०७९,१५:४७

हिमालयन बैंकका ग्रहकहरूमा खुसिको खवर !

आजै नेपालको उत्कृष्ट नंम्बर वान बैकमा खाता खोलि मौकाको फाईदा लिनुहोस्।

२४ फागुन,काठमाडौं।भूगोल पार्कले लामो समयदेखि हिमालयन बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । हिमालयन बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएकोले यो बैंक नेपालीहरूको मनमा बस्न सफल भएको बैंक हो।यो बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।

आज हामी निकट भविश्यमा ग्राहक वर्गको सुविधालाई मध्येनजर गर्दै हिमालयन बैंकद्वार स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी स्मार्टच्वाईससँग सम्झौता गरेको सुसमाचार लिएर आएका छौं।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा ‘क’ वर्गको वाणिज्य बैंक हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि (HI-MB) प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरू मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ । 

यसै गरी हिमालयन बैंकका मर्चेन्टहरूले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरू मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरूले एससीटी युपीआइ (SCT-UPI) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइ (SCT-UPI) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श (ATM, POS, e-commerce) जस्ता सेवा सजिलै लिन सक्ने छन ।

भूगोल पार्क परिवारको तर्फबाट ग्राहकको सन्तुष्टिको लागि नयाँनयाँ प्रविधि भित्र्याएर अहोरात्र खटिएको नेपालको उत्कृष्ट बैंक हिमालयन बैंकको उतरोत्तर प्रगती एवं संवृद्धिको शुभकामना।



252 Views

Comments