आजै सानिमा बैंकमा नारी बचत खाता खोली ‘बचत र क्यासब्याक संगसंगै’ निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्गको सुविधा लिनुहोस् !
२४ फागुन,काठमाडौं।भूगोल पार्कले लामो समयदेखि सानिमा बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । सानिमा बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।यो बैंकले अवल वित्तीय सेवा प्रदान गरेको कारणले नेपालीहरूको मनमा बस्न सफल भएको हो।यो बैंक नेपाल सरकारबाट “क” श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।
सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक संगसंगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिने बताएको छ ।
यसका साथै, उक्त ग्राहकहरूलाई कार्ड वा टच कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।
सानिमा बैंकले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा https://onlineaccount.sanimabank.com/#/login मा क्लिक गरी खोल्न सकिनेछ ।
ग्रहकहरूको सेवा भावले ओतप्रोत भई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न सफल सानिमा बैंकको उतरोत्तर प्रगती एवं संवृधिको भूगोल पार्क परिवार कामना गर्दछ।
Comments