रघुराज वन्त 'एनएसजेएफ लाइफटाइम अचिभमेन्ट अवार्ड'बाट सम्मानित

Bhugolpark

२४ फाल्गुन, २०७९,१२:१४

२४ फागुन,काठमाडौं।भूगोल पार्कले समसामयिक विषयमा देशविदेशको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, मनोरञ्जन आदि विविध विधामा समाचार लेखी पाठकहरूलाई सुसूचित गरिरहेको छ।

आज भने हामीले मंगलबार आयोजित एक कार्यक्रममा रघुराज वन्त 'एनएसजेएफ लाइफटाइम अचिभमेन्ट अवार्ड'बाट सम्मानित हुँनुभएको विषय लिएर आएका छौं।उहाँलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं उतरोत्तर प्रगती एवं संवृद्धिको हार्दिक मंगलमय शुभकामना !

नेपाललाई खेलको माध्ययमबाट विश्वजगतलाई चिनाउँन सफल वन्त सानै उमेरदेखि एथ्लेटिक्समा विशेष रुचि राख्ने गर्थे।उनले २०२२—२३ सालमा वीरगन्जको एथ्लेटिक्स मिटमा १७ वर्षकै उमेरमा १ सय मिटर दौड जितेका थिए । त्यसको अर्को चार वर्ष उनी लगातार १ सय र २ सय मिटर जितेर छोटो दूरीमा आफ्नो वर्चस्व देखाए ।

सन् १९६४ को टोकियो ग्रीष्मकालीन ओलम्पिकमा भुपेन्द्र सिलवाल र गंगाबहादुर थापापछि पहिलो पटक नेपालबाट एथ्लेटिक्समा प्रतिनिधित्व हुँदा वन्त त्यसको सदस्य थिए । उनी नेपाल ओलम्पिक कमिटीको महासचिवसमेत भैसकेका छन् ।

पूर्वओलम्पियनसमेत रहेका वन्तलाई 'एनएसजेएफ लाइफटाइम अचिभमेन्ट अवार्ड'बाट समेत सम्मानित भएका छन्। उनले एथ्लेटिकमा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका थिए ।

नेपाल एथ्लेटिक संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य रघुराज वन्त एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । उनले एथ्लेटिकमा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका थिए ।

लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे ।



218 Views

Comments