प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता

Bhugolpark

२३ फाल्गुन, २०७९,१४:०८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

२३ फागुन, काठमाडौं।भूगोल पार्ककले देशविदेशको राजनीतिक, आर्थिक, सामाजिक आदि विविध विषयमा समाचार लेखिरहेको छ।

आज भने नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताउँदै माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्याङ्क गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका विषयलाई आधार मानेर आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको विषय लिएर आएका छौं। 

उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गरिएको रिट आज दर्ता भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष एवं पूर्व गृहमन्त्री अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र राज ढकालले सञ्चारकर्मीलाई जानकारी दिए। अर्का रिट निवेदक कल्याण बुढाथोकीको रिट भने दर्ता प्रक्रियामा छ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च गएका हुन्। 

शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो। 

यसअघि कात्तिकमा यही माग लिएर उनीहरू सर्वोच्च गएका थिए। सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरूद्ध निवेदन दिएका थिए। सोही निवेदनमा उक्त इजलासले सुनुवाई गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो।

त्यसपछि आरण र बुढाथोकी रिट दर्ता गर्न सर्वोच्च गएका हुन्।



370 Views

Comments