भियतनाम एक्स्पो २०२३ अप्रिल ८ देखि १५ सम्म राजधानी हनोईमा आयोजना हुँदैछ । उक्त एक्सपोमा १५ देशका विभिन्न क्षेत्रका उत्पादनहरूको प्रदर्शनी हुने आयोजकले बताएका छन् ।
सन् १९९१ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको भियतनाम एक्सपो भियतनामी व्यवसायहरूका लागि आफ्ना उत्पादनहरूको प्रचारप्रसारका लागि उपयुक्त मञ्च हुने विश्वास गरिएको छ । यस वर्षको प्रदर्शनीमा १५ देशका विभिन्न ५०० भन्दा बढी कर्पोरेशनहरूको सहभागिता रहने आयोजक भिनेक्सड कम्पनीले जनाएको छ। कार्यक्रमले इलेक्ट्रोनिक्स, मेसिनरी, उपकरण र सहयोगी उद्योगहरू, डिजिटल प्रविधि, र ई-कमर्स लगायतका विभिन्न उद्योगहरूलाई समेट्नेछ।
आयोजकका अनुसार प्रदर्शनीको मुख्यतया चीन, कम्बोडिया, इन्डोनेसिया र दक्षिण कोरियालगायत देशका उत्कृष्ट उत्पादन र सेवाहरू प्रदर्शन गर्ने अन्तरराष्ट्रिय मञ्च समावेश छन्।
Comments