उपत्यकाको ट्राफिक चेकिङमा बिहानैदेखि कडाइ
२२ फागुन, काठमाडौँ । फागुपूर्णिमा होलीमा आज उपत्यकामा आफन्ता छिमेकी एवं साथीभाईहरूसँग उल्लासमय वातावरणमा बिहानैदेखि मनाइरहेका छन्।
होलीमा सप्त रंगी टिका एकआपसमा लगाएर खुसी साटासाट गर्ने चलन छ।होलीको आगमनसँगै प्रकृतीमा रङ्गीविरङ्गी फूलहरू फूल्ने बोटबिरूवाले पालुवा फेर्ने भएकोले जंगलमा गुराशलगायत रङ्गी विरङ्गी फूलहरू फूल्ने गर्छन्।सूर्यको सप्त रंगी किरणले जसरी मानिस र प्रकृतीलाई मन्त्रमुग्ध बनाउँछ ठीक त्यसैगरी होलीले यौवनाअवस्थाको चित्रण गर्दछ।होलीलाई धर्मसंस्कृतीअनुसार पनि रंङ्गीन सपना र खुसीहरू साटासाट गर्ने पर्वको रुपमा चित्रण गरिन्छ।
होलीमा भगवान विण्णु र कामदेवको विशेष पूजा होलीमा गर्ने गरीन्छ।होलीमा विपरित लिङ्गप्रति कामवासना एवं आक्रर्शनको प्रतिकका रुपमा कामदेव र भगवान विण्णुको पूजा गर्ने चलन रहेको पौराणिक मान्यता रहेको छ।
आज होलीलाई मध्येनजर गरी काठमाडौँ उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा कडाइ गरेको छ । प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको हो ।
उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआईजी मिरा चौधरीले सञ्चारकर्मीलाई बताइन् । मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने डिआईजी चौधरीले बताइन् । ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।
Comments