नेपाल यू १९ ले  युएई यू १९ लाई ७ रनले पराजित गरेसँगै यु–१९ विश्वकपमा छनोट

Bhugolpark

१० बैशाख, २०८१,११:१२

नेपाल यू १९ ले युएई यू १९ लाई ७ रनले पराजित गरेसँगै नेपालले अर्को वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकपमा छनोट हुन सफल भयो तर सिनियर नेपाली टोली युएईसँग ६८ रनले पराजित भएको छ ।

फागुन१९,काठमाडौं।भूगोल पार्कको तर्फबाट नेपाल ऐतिहासिक रुपमा यू १९ ले युएई यू १९ लाई ७ रनले पराजित गरेसँगै यु–१९ विश्वकपमा छनोट हुन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं साथै कडा मेहनतकासाथ खेलेका सिनियर नेपाली टोली युएईसँग ६८ रनले पराजित भएपनि आगामि दिनमा यसबाट पाठसिकेर विश्वकपमा छनोटमा सफलता मिलोस भनी शुभेच्छा प्रकट गर्दछौं।

सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टिमले समूह चरणमा तहल्का मच्चाएको थियो।

समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्यान्डलाई हरायो।

आयरल्यान्डविरुद्धको खेलमा सन्दीप लामिछानेले ह्याट्रिक गर्दै सनसनी मच्चाएका थिए। 

सो विश्वकपको समूह चरणको तेस्रो खेलमा भारतसँग पराजित भए पनि नेपाल क्वार्टरफाइनलमा पुग्यो। क्वार्टरफाइनलमा बंगलादेशसँग पराजित भयो। 

त्यसयता भने नेपालले लगातार तीन विश्वकप गुमायो।

सन् २०१८ को विश्वकपको छनोटमा अफगानिस्तानसँग पराजित भएको नेपालका लागि २०२० को छनोट दूर्भाग्यपूर्ण सावित भएको थियो। छनोटको निर्णायक खेलमा युएईसँग १ रनले हार्दा नेपाल २०२० र २०२२ को यू-१९ विश्वकप खेल्नबाट बन्चित भयो। 

तीन विश्वकपमा स्थान बनाउन नसकेको नेपालका लागि बिहीबार भने ऐतिहासिक दिन सावित भयो। सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा स्थान बनाउने क्रममा नेपालले युएईलाई पराजित गर्‍यो। 

चार वर्षअघि युएईसँगै १ रनले पराजित हुँदा विश्वकप गुमाएको नेपालले बिहीबार युएईलाई नै पराजित गर्दै बदला लिन सफल भयो। 

बिहीबार घरेलु टिम युएईलाई ७ रनले पराजित गर्ने क्रममा नेपालका दिपेश कडेँलले ह्याट्रिकसहित पाँच विकेट लिए। 

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको युएईले ४७ ओभरमा ७ विकेटको क्षतिमा १८१ रन जोडेको थियो। ३ विकेट बाँकी रहेको युएईले अन्तिम ३ ओभरमा ११ रन जोडे पुग्थ्यो। 

तर ४८ ओभरको अन्तिम ३ बलमा दिपेशले घातक बलिङ गर्दै नेपाललाई यू-१९ विश्वकपमा पुर्‍याए। 

उनले सो ओभरको चौथो ओभरमा हर्सित सेठलाई ४ रनमा बोल्ड गर्दा पाँचौ बलमा हरिस सेठ्ठीलाई कप्तान देव खनालको हातबाट क्याच गराए। छैटौं बलमा उनले मनिस गजेशलाई पनि बोल्ड गर्दै आफ्नो करिअरको अविस्मरणीय बलिङ गरे। 

दिपेशको ऐतिहासिक बलिङसँगै युएई १८४ रनमा अलआउट हुँदा नेपालले खेल ७ रनले जित्यो। 

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरे पनि कप्तान देव खनालले ५१ रन, उत्तम थापामगरले ३६ रन र विशालविक्रम केसीले ३८ रन जोडेका थिए।

सुरुवाती तीन ब्याट्सम्यान दीपक बोहरा शून्य, अर्जुन कुमाल ३ रन र आकाश त्रिपाठी ९ रनमा आउट भएका थिए। त्यसपछि कप्तान देवले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।



187 Views

Comments