सानिमा बैंक लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत
भूगोल पार्कले बैंकहरूलगायत वित्तीय संस्थाहरूको समाचार प्रवाह गरिरहेको छ।आज हामीले सानिमा बैंक लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको समाचार लिएर आएका छौं।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सानिमा बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त प्रतिशत दरका कुल १ करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।
त्यस्तै सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। सो प्रतिशत दरका कुल ३ लाख ६४ हजार ९ सय २५ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।
Comments