१७ फागुन, काठमाडौं ।भूगोल पार्कले देशविदेशको समयसामयिक राजनीतिको चिरफार गर्ने गरेको छ।आज भने सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले गठबन्धन बदलेर राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट संघ र प्रदेश तीनका राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको तर राप्रपाले प्रदेश १, गण्डकी र लुम्बनी प्रदेशमा भने न समर्थन फिर्ता लिएको छ, न सरकार छाडेको विषय लिएर आएका छौं ।
केन्द्रसँगै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र बाहिरिने १३ फागुनको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय थियो ।
बागमती प्रदेशका तीन मन्त्री उद्धव थापा, डम्बरबहादुर तामाङ र राजु विष्टले त्यही दिन राजीनामा दिए । पार्टीको निर्णय सार्वजनिक हुँदा राप्रपा संसदीय दलका नेतासमेत रहेका थापा हेटौंडामा भएपनि तामाङ र विष्ट भने काठमाडौंमा थिए । दुबैलाई तत्काल हेटौंडा बोलाइयो र शनिबार राति साढे ८ बजेतिर मुख्यमन्त्री शालिकराम जमकट्टेललाई भेटेर राजीनामा पत्र बुझाए ।
तर राप्रपाले प्रदेश १, गण्डकी र लुम्बनी प्रदेशमा भने न समर्थन फिर्ता लिएको छ, न सरकार छाडेको छ । ‘पार्टीको प्रेस नोट पढेपछि म राजीनामा दिने तयारीमा थिएँ, तर केन्द्रीय अध्यक्षसँग प्रदेशको परिस्थितिको विषयमा छलफल भयो,’ प्रदेश १ का राप्रपाबाट सरकारमा सहभागी कृषिमन्त्री भक्ति सिटौला भन्छन्, ‘उहाँले पनि पर्खौं भन्नुभयो ।’
Comments