यात्रु महानुभावहरूमा खुसीको खवर, वेबसाईटबाट टिकट बुक गर्दा ‘आइएमई पे’मार्फत् भुक्तानी गर्न मिल्ने !
भूगोल पार्कले बिभिन्न देश-विदेशका समयसामयिक विषयमा पाठक वर्गलाई जानकारी प्रवाह गरिरहेको छ।आज हामीले आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विधुतिय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने सम्झौता भएको विषय लिएर आएका छौं।
उक्त सम्झौता अन्तर्गत ग्राहकवर्गहरूले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत् भुक्तानी गर्न सकिनेछ ।
नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सकिनेछ । ग्राहकवर्गहरूलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युतिय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।
Comments