ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेञ्जको मुद्धा छिनोफानो हुन विलम्ब

Bhugolpark

१६ फाल्गुन, २०७९,१२:२७

फागुन १६,काठमाडौं।ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटको लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको जनसरोकारका मुद्धाको हिजो सर्वोच्च सुनुवाई भएको थियो । हिजो न्यायधीशद्वय इश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलाशमा उक्त रिटको सुनुवाई भएको थियो । तर सर्वोच्च अदालतले यस मुद्धामा हिजो पनि अन्तिम आदेश भने दिएन । योसँगै अक्त रिटको टुंगो लाग्न अझै केही समय लाग्ने भएको छ ।

अब अदालतले यो मुद्दाको सुनुवाईको लागि अर्को मिति तोक्नेछ ।

अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले अगाडी बढाएको लाईसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय , अर्थ मन्त्रालय , नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको छ ।

सो रिटमाथी कार्तिक ४ गते, शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियो ।



115 Views

Comments