नेप्सेमा थप ४२ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत

Bhugolpark

१६ फाल्गुन, २०७९,११:४४

फागुन १६,काठमाडौं।भूगोल पार्कले बिभिन्न विधामा समाचार लेखिरहेको छ आज भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको विषय लिएर आएका छौं।

सोल्टी होटल लिमिटेडको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

उक्त प्रतिशत दरका कुल ४२ लाख १३ हजार ५३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरूले कारोबार गर्न पाउनेछन् । 



215 Views

Comments