सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. को नामबाट फागुन १७ बाट एकीकृत कारोबार सुरु गर्ने

Bhugolpark

१५ फाल्गुन, २०७९,१६:२२

भूगोल पार्कले प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यही फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको समाचार पाठक वर्गलाई जानकारी दिन गैरहेका छौं।

भूगोल पार्कको तर्फबाट यी दुवै इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर फागुन १७ बाट एकीकृत कारोबार सुरु गरेको समाचारको जानकारी दिन पाउँदा खुसी व्यक्त गर्दछौं साथै आगामी दिनमा यो इन्स्योरेन्स कम्पनीको ग्राहक बन्न आम नेपालीहरूलाई आह्वान गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. को उत्तरोत्तर प्रगति एवं संवृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

आपसमा मर्जरमा जाने अन्तिम सहमति गरिसकेका दुई बीमा कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएसँगै अब फागुन १७ गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेका हुन् ।

दुवै कम्पनीले अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. को नामबाट निर्जीवन बीमाको कारोबार गर्ने छन् । यही फागुन ११ गते सम्पन्न भएको एकीकृत मर्जर कमिटीको बैठकको निर्णय बमोजिम फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको दुवै कम्पनीले जनाएका छन् ।



200 Views

Comments