राष्ट्रपतिबारे अझै अनिर्णित
काठमाण्डौं।आज आम चासो र उत्सुकता पूर्वक हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैंठक सम्पन भएको छ।सो पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटीको बैठकले समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनले बैठकले राष्ट्रपति चुनावका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पारे।
Comments