हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् "हिमालयन बैंक लिमिटेड" को नामबाट गत फाल्गुण १२ गते शुक्रबारको दिन देखि एकिकृत कारोबार सुरू गरेको थियो।
फागुन १५,काठमाडौँ / भूगोल पार्कले लामो समयदेखि हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेका छौं।यी दुवै बैंक नेपालको उत्कृष्ट बैंकहरू एक आपसमा मर्ज भएका छन्।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम “हिमालयन लिमिटेड"कायम हुने भएको छ । सिभिललाई प्राप्ति गरेपछि हिमालयन बैङ्क देशकै उत्कृष्ट बन्ने अध्यक्ष श्रेष्ठको दावीअनुसार प्रगतिका पाईलाहरू चुमुन भन्दै भूगोल पार्कको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना !
हिमालयन बैङ्क र सिभिल बैङ्कले मर्जरपश्चात एकीकृत कारोबार शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।हिमालयन बैङ्कका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरेका थिए। हिमालयन बैङ्कले सिभिल बैङ्कलाई १००:८०।२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो ।
सिभिल बैङ्कका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैङ्कको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैङ्क र सिभिल बैङ्कबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
एकीकृत कारोबार शुभारसम्भ गर्दै बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैङ्क अब देशकै उत्कृष्ट बैङ्क बन्ने बताए । छ करोड रुपैयाँबाट सुरु भएको बैङ्क हाल १४ अर्ब रुपैयाँ पुँजीको बैङ्क बनेको उनको भनाइ छ । आफ्नै कसरतमा ठूलो बनेको बैङ्क अब सिभिल बैङ्कलाई प्राप्ति गरेपछि उत्कृष्ट बैङ्क बन्ने उनले दावी गरे ।
सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ । सिभिललाई प्राप्तिपछि बैंकले पहिलो कारवार गत शुक्रवारबाट सरु गर्यो।
सन् १९९३ मा स्थापना भएको हिमालयन बैङ्क नेपाली व्यवसायी प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैङ्क हो । हिमालयन बैङ्कको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैशल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक छन् । यस्तै बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा हिमालयन बैङ्कका राणा छन् ।
प्राप्ति पश्चात बैङ्कको रष्टिर्ड कार्यालय हाल हिमालयन बैङ्क लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौँमा रहनेछ । हिमालयन बैङ्क लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूको सिष्टम अपग्रेसन तथा डाटा माईग्रेसनका लागि फागुन ८ गते, फागुन १० गते र फागुन ११ गते सन्ध्याकालिन काउन्टर सेवा बन्द रहेको थियो ।
एकीकृत कारोबार पश्चात् सिभिल बैङ्कका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने भएकाले नजिकको सिभिल बैङ्कको शाखामा सम्पर्क राख्न समेत बैङ्कले यसअघि नै अनुरोध गरिसकेको छ ।
प्राप्ति प्रक्रिया पुरा गर्नुअघि नै दुबै बैङ्कले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फतनै दुबै बैङ्कले लाभांश प्रस्ताव पारित गरेको हो ।
सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब, चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्व रहने छ भने बैंकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब रहने छ ।यसैगरी बैंकले हर्षोल्लासका साथ नेपाल भरि रहेका १८९ शाखाहरू, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएम वुथहरूवाट आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ ।
विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए ।
त्यसैगरी सिभिल बैंक लिमिटेडका अध्यक्ष श्री प्रदिप जङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देशकै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेको बताए । उनले आगामी दिनहरूमा बैंक आफ्ना सेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रबिधियुक्त सेवा सुविधा प्रदान गर्नका लागि केन्द्रित हुने बताए ।
यस्तै बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैङ्कलाई प्राप्ति गर्न सफल बनेको जनाए । हिमालयन बैङ्क आफैँमा ठूलो भएको जनाउँदै उनले राष्ट्र बैङ्कको नीतिलाई साथ दिनमात्रै सिभिल बैङ्कलाई प्राप्ति गरिएको बताए ।
प्राप्ति प्रक्रिया पुरा गर्नुअघि नै दुबै बैङ्कले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फतनै दुबै बैङ्कले लाभांश प्रस्ताव पारित गरेको हो ।
Comments