सामसङ्गद्वारा ग्यालेक्सी एस-२३ सिरिजको बिक्री शुभारम्भ

Bhugolpark

१३ फाल्गुन, २०७९,१५:२७

ग्राहक महानुभावहरूमा खुसिको खवर !

भूगोल पार्कले विभिन्न विधाहरूमा कलम चलाई रहेको छ आज भने हामी छोटो समयमा नै नेपालीहरूको पहिलो रोजाई भएको सामसङ्गद्वारा उत्पादित विभिन्न ब्राण्डमध्य एक हो, ग्यालेक्सी २३ अल्ट्रा।

२३ अल्ट्राको लागि ग्राहकहरूबाट अत्यधिक माग भएसंगै ग्यालेक्सी २३ सिरिजको प्रि अर्डरको रेकर्ड तोडिएको छ । सामसङ्गले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ । 

ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैमा एक ठूलो सफलता भएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजको भन्दा बढि प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा भन्दा बढि अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ । पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ । ग्राहकहरू सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र लामो समयसम्म टिक्ने, गुणस्थरिय र भविश्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेका छन् । उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएको भन्दा पहिले नै समाप्त गर्नुपरिएको थियो।

सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापितले भने “हामी हाम्रा ग्राहकहरू प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं, । यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकहरुले देखाउनुभएको बलियो विश्वास झल्किएको छ ।”

देशभरका डिलरहरूले एस २३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन् । यस ग्यालेक्सी एस-२३ सिरिज प्रति ग्राहकहरुले देखाएका माया र लगावका कारण बजारमा सबै डिलरहरू पनि उत्साहित छन्।

नयाँ २०० एमपि एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्, जसले सामसङ्गको अल्टिमेट प्रिमियम फोन अनुभूतीको नयाँ युगको प्रतिनिधित्व गर्दछ ।


203 Views

Comments