राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेलको मनोनयन दर्ता

Bhugolpark

१३ फाल्गुन, २०७९,१५:०१

भूगोल पार्कको प्रक्षेपणमा राष्ट्रपतिमा रामचन्द्र पौडेलको निर्वाचित हुने सुनिश्चित देखिन्छ साथै अहिले बनेको समिकरणलाई हेर्दा संघ र प्रदेशमासमेत नेकपा एमालेलाई बढी घाटा हुने देखिन्छ।

काठमाडौं: नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलले मनोनयन दर्ता गरेका छन्। 

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई र जनमत पार्टीका नेता मोहम्मद अब्दुल खान रहेका छन्। 

त्यस्तै समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड‍्का र नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे छन्। 



417 Views

Comments