भूगोल पार्कले देशको समसामायिक विषयमा आम नागरिकलाई सत्यतथ्य घटनाहरूलाई चिरफार गरी समाचार प्रवाह गरिरहैको छ ।आज भने नियामक निकायले राम्रोसँग अनुगमन नगर्नाले एवं धितोजमानी नहेरी कमिसन खाएर ऋण दिने गर्नाले सहकारी डुबेझै बैंक आफैँ डुब्ने अवस्थामा पुगेको विषय लिएर आएका छौं।
सर्वसाधारण जनता विश्वासको भरमा आफ्नो जीवनभरको लगेर बैंक तथा सञ्जय कोषमा राख्छन् । तर बैंक तथा सञ्जय कोषका कर्मचारीले शुन्य प्रतिशतदेखि ५ प्रतिशत ब्याजमा सहुलियत कर्जा पाउँछन् । एउटै कर्मचारीले बिना धितो २० लाखदेखि करोडसम्म कर्जा लिन्छन् ।
यसरी, आफुले बैंकबाट सहुलियतमा निकालेको कर्जा ब्याज खानका लागि कर्मचारीहरु १६ देखि २२ प्रतिशत ब्याजमा सहकारीमा जम्मा गर्छन् । यता आफुहरू पनि बीचमा बसेर नाफा भएको रकम खान्छन् ।
तर, पछिल्लो समय सहकारीहरू सबै चुलुम्म डुबेपछि वा भागाभाग भएपछि अहिले ती कर्मचारीहरूले बैंक तथा सञ्जय कोषको ऋण तिर्न सकेका छैनन् । ‘चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी’ भनेझैँ यिनीहरूलाई पनि अहिले यस्तै भइरहेको छ ।
अहिले बैंक तथा सञ्जय कोषकै कर्मचारीहरू बैंक डुबाउन लागिपरेका छन् । ठुलो रकममा महिनाको १० देखि १५ प्रतिशत बढी नाफा कमाउन पाउँदा यीनीहरूले महिनाकै लाखसम्म ब्याज पाउन्थे । यसरी करोड रकम राखेपछि काम नै नगरी बसिबसि महिनामा लाखौँ रकम कमाउथे। तर, बैंकमा जम्मा गरेको रकम सर्वसाधारणको हो भन्ने हेक्कासमेत राख्दैनथे।
यता सर्वसाधारण थोरै ब्याजमा आफ्नो रकम बैंकमा राख्ने अनि बैंकका कर्मचारीहरू त्यँही रकमको प्रयोग गरी धनी बन्ने । यता कति बैंकका कर्मचारीहरू सस्तो ब्याजमा कर्जा लिएपछि कि त मिटरब्याजमा पैसा लगानी गर्ने होइन भने सेयर तथा घरजग्गा । यसरी यीनीहरूले जनताकै पैसामा मोजमस्ती गर्ने र रमाउने ।
कति सहकारीमा बैंकका कर्मचारीले नै लगानी गरेका छन् । यता बैंकमा जागिर खाने अनि सर्वसाधारणले बैंकमा राखेको रकम सहकारीमा ल्याएर मिटरब्याजमा लगानी गर्ने गर्थे । तर, अहिले सहकारीले करोडौँ बचतकर्ताको खर्बो रकम डुबाएर बचतकर्तालाई घर न घाटको बनाइदियो ।
पछिल्लो समय देशका आधाभन्दा बढी सहकारीहरू भागिसकेका छन् त नभागेकाहरू समस्याग्रस्त छन् । अहिलेकै कारण बचतकर्ताहरू आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । सहकारीमा एउटै बचतकर्ताको १० हजारदेखि १० करोडसम्म डुबेको छ । तर, घरजग्गा, गाडी, सेयरलगायत वस्तुहरू बेचेर वा आफुले जीवनभर कमाएको रकम राख्नेहरुको अहिले बिचल्ली भएको छ ।
पहिला विश्वासको आडमा सहकारीमा बचत गर्नेहरूको अहिले सहकारीबाट विश्वास उठिसकेको छ । त्यसैले, अहिले सहकारीमा पैसा राख्नेको भन्दा पनि निकाल्नेको लाम छ । यता सहकारीका सञ्चालकहरू कति देश छोडेर हिडिँसकेका छन् त कति लुकीलुकी ।
अहिले सञ्चालनमा रहेका सहकारीहरूले पनि सर्वसाधारणलाई विश्वास दिलाउन सक्ने छैनन् । अब नभागेका सहकारीहरू पनि केही दिनमै टाट पल्टिने छ । यता सहकारीमा पैसा निकाल्न गएका बचतकर्ताहरू कुनै रुइरहेका हुन्छन् त कुनै कराइरहेका । सहकारीले धेरैको अहिले कन्तबिजोग बनाएको छ ।
एक वर्षको अवधिमै सहकारीहरु भागे र नभागेकाहरू पनि डुब्न थाले । अब सहकारीको दर्ता खारेज गर्नुपर्छ भनेर सर्वसाधारणले सरकारसमक्ष माग गरिसकेका छन् । सहकारीहरू यसरी भागेपछि र बचतकर्ताहरुको बिल्लीबाँठ भएपछि यसबाट सरकार र बचतकर्ता दुवैले पाठ सिक्नुपर्छ ।
एक वर्ष अघिसम्म हाम्रो सहकारी बलियो छ वा हामीले यति जनालाई रोजगारी दिएका छौँ भनेर भन्नेहरु अहिले कर्मचारीलाई तलब दिन नसकेका, घरभाडा तिर्न नसकेर र बचतकर्ताको रकम फिर्ता गर्न नसकेर भागिसकेका छन् । तर, अब यो अवस्था बैंकमा आउने छ । बैंकका बचतकर्ताहरूको पनि बचत डुब्ने निश्चित भइसकेको छ ।
किनकि बैंकको रकम बैंककै कर्मचारीले चलाएका छन् । तर, त्यो रकम आज उनीहरू फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । यता बैंकमा धितो राखेर कर्जा लिएका व्यवसायीहरूले बैंकको साँवाब्याज तिर्न छोडिसकेका छन् त बैंकविरुद्ध आन्दोलन चर्कोइरहेका छन् ।
बैंकबाट ऋण लिने सबै व्यवसायीहरूले बैंकबाट लिएको ऋणको साँवाब्याज तिर्न सक्दैनौँ भनेर आन्दोलन सुरु गरिसकेका छन् । अबको एक वर्षपछि सहकारीजस्तै बैंक पनि बन्द हुने छ । सहकारीमा हिजो आँखा चिम्लेर बचत गर्दा आज बचतकर्ताको बिजोग भयो तर अब बैंकमा बचत गर्नेहरूको पनि यस्तै हुन्छ भनेर सर्वसाधारणले बुझिसकेका छन् ।
अहिले बजारमा घरजग्गा, गाडी र सेयरमा मन्दी आएको छ । यीनीहरुको किनबेच नै छैन । यति मात्र नभई हाल सञ्चालनमा रहेका होटल व्यवसायीदेखि हरेक व्यापारव्यवसायमा अहिले मन्दी आएको छ । यता निजी क्षेत्रहरू भने घरभाडा तिर्न नसकेर वा कर्मचारीलाई तलब दिन नसकेर रुवाबाँस छ ।
बैंक डुब्ने निश्चित भएपछि अहिले कति बैंकका सिइओहरुले राजीनामा दिएका छन् त कति दिने तयारीमा छन् । यता आफन्तजनहरूले पनि बैंकमा रकम जम्मा नगर्न सुझाव दिइसकेका छन् । ३२ सयमा किनेको एक कित्ता सेयरको मूल्य अहिले १८ सयमा आइपुग्यो तर १८ सयबाट पनि घटेर सय रुपैयाँमा आउँछ भनेर मानिसहरू बताउँछन् ।
अहिले जनताको नजरमा सहकारी ठग, चोर हो भनेर प्रमाणित भइसकेको छ तर राज्य अहिले पनि यीनी अहिले जनताको नजरमा सहकारी ठग, चोर हो भनेर प्रमाणित भइसकेको छ तर राज्य अहिले पनि यीनीहरूलाई कारबाही गर्न लागिपर्दैन । राज्यले यसप्रति ध्यान नदिँदा र आवश्यक ऐनकानून नबनाउँदा आज ऋणी त आत्महत्या गर्नुपर्ने अवस्थामा पुगे नै तर बचतकर्तासमेत मर्नुपर्ने अवस्थामा पुगेका छन् ।
बैंक तथा सहकारीबाट ऋण लिएकाहरु ऋण नतिर्नका लागि एकजुट भएका छन् । यता घुस खाएर हिजो ठुल्ठुल्ला कर्जा प्रवाह गर्ने बैंक तथा सहकारीका सञ्चालकहरू आज ऋणीले कुट्छ कि भनेर लुकीलुकी हिडेका छन् । एक वर्षअघि एउटा सहकारी डुब्दा अन्य सहकारीका बचतकर्ताहरू त्यसको सहकारी त डुब्यो तर हाम्रो सहकारी त बलियो छ भन्दै अरुको दुःखमा हाँस्नेहरू आज त्यही पीडाबाट गुञ्जिरहेका छन् ।
तर, अहिले सर्वसाधारणले बैंक डुब्छ भनेर थाहा पाइसकेका छन् त बैंकले पनि सहकारीपछि हाम्रो पालो भनेर महसुस गरिसकेका छन् । सवारी लाइसेन्स लिँदा ढिलो जाँदा राम्रो कि चाँडो जाँदा राम्रो भनेर सोधिएझैँ बैंक तथा सहकारीहरुले चाँडै नाफा कमाउने लोभमा बचतकर्तालाई थोरै ब्याज दिई ऋणीलाई महंगो ब्याजमा त्यँही रकम लगानी गर्यो ।
Comments