१२फागुन, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
भूगोल पार्कले लामो समयदेखि प्रभु बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । प्रभु बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यो बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो।यो बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येको एक हो।
प्रभु बैंकले आज (शुक्रबार)देखि ठुलो परिमाणको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
बैंकले संस्थापक सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकेको छ । प्रभुको संस्थापक सेयर लिलामी प्रक्रियामा कम्पनीका संस्थापक सेयर धनीसहित इच्छुक लगानीकर्ता संस्थाले सहभागिता जनाउन पाउनेछन् ।
सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ता संस्थाले फागुन २६ गतेसम्म आवेदन दिनुपर्नेछ ।
Comments