हिमालयनले सिभिललाई प्राप्ती गरी आजबाट सुरू गर्यो एकिकृत कारोबार, कूल पूँजी ३४ अर्ब नाघ्यो

Bhugolpark

१२ फाल्गुन, २०७९,१२:०७

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् "हिमालयन बैंक लिमिटेड" को नामबाट आज फाल्गुण १२ गते शुक्रबारको दिन देखि एकिकृत कारोबार सुरू गरेको छ ।

सिभिल बैंक प्राप्ति पछि बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ नाघेको बैंकले जनाएको छ । पुँजीको आधारमा नेपालको छैटौं ठूलो बैंक भएको छ । त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ ।

भूगोल पार्कले लामो समयदेखि हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यी दुबै बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो।यी दुबै बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम “हिमालयन लिमिटेड"कायम हुने भएको छ ।ती दुबै बैंकलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई तथा कार्यकालको शुभकामना ।

सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ । सिभिललाई प्राप्तिपछि बैंकले पहिलो कारवार आजबाट सरु गर्यो।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायीहरु प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रका बैंक हो । यस बैंकमा पाकिस्तानको हविव बैंक, कर्मचारी संचय कोष संस्थागत र ठूला लगानीकर्ता हुन् ।

 हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । उनले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सगै अगाडि बढ्नका लागि भएको बताए ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब, चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्व रहने छ भने बैंकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब रहने छ । यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपाल भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा ।एटीएम वुथ हरूवाट आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ ।

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए ।

त्यसैगरी सिभिल बैंक लिमिटेडका अध्यक्ष श्री प्रदिप जङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देश कै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेको बताए । उनले आगामी दिनहरुमा बैंक आफ्ना सेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रबिधियुक्त सेवा सुविधा प्रदान गर्नका लागि केन्द्रित हुने बताए ।




220 Views

Comments