भूगोल पार्कको विभिन्न विषयमा समाचार लेखिरहेको छ आज भने हामो बोटलर्स नेपाल तराईको सेयरधनीको खातामा ६० प्रतिशत नगद लाभांश पठायोको विषय लिएर आएकाछौं।
बोटलर्स नेपाल तराई लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाइ सकेको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरूको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको पुस २७ गते सम्पन्न भएको ३६ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभाबाट पारित गरिएको ६० प्रतिशत नगद लाभांश(कर काटेर) माघ २३ गतेदेखि नै सेयरधनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरू अभौतिकीकरण नगराउने सेयरधनीहरूलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।
Comments