माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने माओेवादीसहित तीन दलको निर्णय

Bhugolpark

१२ फाल्गुन, २०७९,१०:३३

तीन दलबीच वाम समाजवादी मोर्चा बनाएर अघि बढ्ने सहमति

फागुन १२,काठमाडौँ । भूगोल पार्कको दृष्टिकोणमा हिजोको बैठकमा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गर्ने भएका छन् । नेपालको नाममा राष्ट्रिय सहमति जुटाउन आज एमाले र कांग्रेससँग संवाद गर्ने निर्णयसमेत भएकोले गर्दा माधवकुमार नेपाल राष्ट्रपतिहुने प्रवल सम्भावना बढेर गएको छ ।

राष्ट्रपतिका विषयमा छलफल गर्न हिजो बेलुकी नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरू वैठकमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डसमेत सहभागी उक्त वैठकमा नेपाललाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित गर्ने सहमति जुटेको एक नेताले बताए । नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गर्ने निर्णय पनि भएको ती नेताको भनाइ छ ।

नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्को सत्तारूढ दल एमाले पनि सकारात्मक छ । कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेको छ । एमाले र माओवादी एक ठाउँमा आए राष्ट्पतिमा नेपालको दावेदारी बलियो बन्नेछ । साथै अहिलेको सत्तारूढ गठवन्धन जोगिन सक्छ ।

आजको वैठकपछि निस्कदै प्रधानमन्त्री प्रचण्डले छलफल जारी रहेको र भोलि एमाले अध्यक्षसँग कुरा गर्ने बताएका थिए ।

अहिले भने राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न चार दलका नेता बालुवाटारमा जम्मा भएका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका छन् । 



334 Views

Comments