सेयर बजारमा ५७ अंकको गिरावट, १३ वटै उपसमूहको सूचक नकारात्मक

Bhugolpark

११ फाल्गुन, २०७९,१६:२६

काठमाडौं : सेयर बजारमा फेरि दोहोरो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३३ अंकले सुधार आएको थियो। सो दिन १ अर्ब ८० करोड मूल्य बराबरको कारोबार भएको थियो।

नेप्से दोहोरो अंकले ओरालो लागेपनि बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ। आज २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रूपैयाँको सेयर खरिदबिक्री भयो।

२६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भयो। आज ४८ हजार १०५ पटक कारोबार भयो। ५७ अंक बढिले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट ब्रेक लागेन। 

नेपाल हाइड्रो पावर र सामलिङ पावरको सेयर मूल्य ४ प्रतिशत बढिले बढ्यो। आज ३९ कम्पनीको मूल्य १० प्रतिशतले ओरालो लाग्यो।

कारोबारमा आएका १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। माइक्रोफाइनान्स उपसमूहको सूचक सर्वाधिक ९.५४ प्रतिशतले घट्यो।


270 Views

Comments