संयुक्त राष्ट्रसंग महासचिवद्वारा युक्रेन आक्रमणको निन्दा

Bhugolpark

११ फाल्गुन, २०७९,१५:३५

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै यो "हाम्रो सामूहिक विवेकको अपमान" भएको बताउनु भएको छ।

रुसको युक्रेन आक्रमणको एक वर्ष पुग्न दुई दिनअघि एघारौं आपतकालीन विशेष सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो- जब तपाईँले युक्रेनमा रुसको आक्रमणबारे कुरा गर्नुहुन्छ भने युक्रेनका जनता र अन्तरराष्ट्रिय समुदायका लागि यो लाजमर्दो विषय हो । "यो संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तरराष्ट्रिय कानूनको उल्लङ्घन हो। यसले नाटकीयरूपमा मानवअधिकारको हनन निम्त्याइरहेको छ र यसको प्रभाव युक्रेनभन्दा धेरै परसम्म महसुस भइरहेको छ," उहाँले थप्नुभयो। रुस-युक्रेन युद्ध गत फेब्रुअरी २४ मा शुरु भएको थियो र हालसम्म जारी छ । युक्रेनमा द्वन्द्व बढ्दै गएपछि महासभाले कीभले समर्थन गरेको प्रस्तावमाथि बहस गर्न थालेको हो । विशेष सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघ प्रमुखले पनि भन्नुभयो- “मैले पहिलो दिनदेखि भनेको कुरा के हो भने यस कदमले विश्च समुदायलाई चुनौती थपेको छ ।"

संयुक्त राष्ट्रसंघका सबै सदस्यहरूले आफ्नो अन्तरराष्ट्रिय सम्बन्धमा कुनै पनि राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध वा संयुक्त राष्ट्रका उद्देश्यहरूसँग असङ्गत हुने गरी धम्की वा बल प्रयोगबाट टाढा रहनुपर्ने महासचिवको धारणा छ । उहाँले युक्रेनका चार क्षेत्रलाई गैरकानूनी रूपमा गाभिएकामा पनि आपत्ति जनाउनु भएको छ । यसअघि पोल्याण्डमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो युद्धघोष गर्दा ‘ठूलो गल्ती’ गरेको बताउनु भएको थियो । राष्ट्रपति बाइडेन - जो पोल्याण्डको वार्सामा राष्ट्रपति भवनमा बुखारेस्ट नाइनसँगको बैठकमा हुनुहुन्थ्यो पहिलो पटक मुस्कुराएर जवाफ दिदैँ रुसको के प्रतिक्रिया हुन्छ त्यो बारे फ्रतिउत्तर गर्ने आफ्नो समय नभएको बताउनु भएको थियो। बुखारेस्ट नाइन समूह २०१५ मा क्रिमिया को रुसी विलयपछि गठन भएको थियो र यसमा बुल्गेरिया, चेक गणतन्त्र, एस्टोनिया, हङ्गेरी, लाटभिया, लिथुआनिया, पोल्याण्ड, रोमानिया र एस छन् । युक्रेन युद्ध एक वर्ष पुग्न लाग्दा बाइडेन पोल्याण्डमा नेटो नेताहरूसँग भेट्दै हुनुहुन्छ ।

मस्कोमा राष्ट्रपति पुटिनले बुधबार चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीसँग भेट गर्नु भएको थियो। यसअघि वाङले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति पुटिनले अमेरिकासँगको एकमात्र बाँकी रहेको परमाणु हतियार नियन्त्रण सन्धि - न्यु स्टार्टमा आफ्नो सहभागिता निलम्बन गरिरहेको र युक्रेन द्वन्द्वका लागि पश्चिमलाई दोष दिन खोजेको बताइएको छ ।



204 Views

Comments