पहिलो राष्ट्रपति निर्वाचनमा माओवादीले जनमतको दम्व देखाउँदै रामराजाप्रसाद साहालाई उठाएको थियो भने नेपाली कांग्रेसले रामवरण यादवलाई।चुनावमा भने माओवादी उम्मेदवार साहालाई पराजीत गर्दै रामवरण यादवले वाजी मारेका थिए । यस पटक पनि भूगोल पार्कको दृष्टिकोणमा साना पार्टीका उम्मेदवार माधव नेपाल वा मधेशमुलका व्यक्तिले वाजी मार्ने प्रवल सम्भावना देखिन्छ।
१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै उनले ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भनेको ओली निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग छल्लाह गर्ने जवाफ दिएका छन् ।
Comments