मर्जर पश्चात् नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर नेप्सेमा सूचिकृत

Bhugolpark

१० फाल्गुन, २०७९,१५:२९

 भूगोल पार्कले लामो समयदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यी दुबै बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो।यी दुबै बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम नेपाल “इन्भेष्टमेण्ट मेगा” कायम हुने भएको छ ।ती दुबै नेपाल स्टक एक्चेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको सेयर सुचीकृत भएको छ।

ती दुबै नेपाल स्टक एक्चेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको सेयर सुचीकृत भएको खुसीको खबर पाठकलाई जानकारी गराउँदै भूगोल पार्कको तर्फबाट नेप्सेमा सेयर सुचीकृत भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगति एवं सवृद्धिको शुभकामना !

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:०.९० को अनुपातमा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००/- दरको शेयर क्रम संख्या १ देखि ३४,१२,८५,९४९ सम्मको कुल ३४,१२,८५,९४९ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यस स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचिकृत भएको नेप्सेले जनाएको छ ।

संलग्न सम्झौता बमोजिमका शर्तहरू पालना गर्नुपर्ने गरी मिति २०७९/११/१० को निर्णयानुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको समेत नेप्सेले जनाएको छ।




161 Views

Comments