नेकपा एसलाई एमालेमा समाहित गरेर राष्ट्रपति बन्न माधव नेपाललाई राष्ट्रपति बन्न ओलीको प्रस्ताव
राष्ट्रपतिको मनोनयनको तिथिमिति नजिकिदै जादा राष्ट्रपतिको बन्लान भन्ने बारेमा विभिन्न सञ्चारमध्यमहरूले अलग-अलग अनुमान गरेको पाइन्छ।कुनै सञ्चारमध्यमले राष्ट्रपतिमा नेपाली कांग्रेस र माओवादीबीच नेपाली कांग्रेसको उम्मेरवार नै राष्ट्रपति बन्ने जिकिर गरिरहेका छन् त केही सञ्चारमध्यमहरूले नेकपा एसलाई एमालेमा समाहित गरेर राष्ट्रपति बन्न माधव नेपाललाई राष्ट्रपति बन्न ओलीको प्रस्ताव गरेको बारेमा समाचार सम्प्रेषण गरिरहेका छन्।
केही सञ्चारमध्यमहरूलाई आधार मानेर हेर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने गरी माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीति लिएको बझ्न सकिन्छ। एमाले अध्यक्ष ओलीनिकट स्रोतका अनुसार अघिल्लो हप्ता नै ओलीले अनौपचारिक प्रस्ताव नेपाललाई राखिसकेका बुझ्न सकिन्छ।
ओलीको सोही प्रस्तावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच बाक्लो संवाद बुझन सकिन्छ। आफू निर्वाचित हुने गरी उम्मेदवार हुन नेपालले प्रचण्डलाई मनाउन थालेको बुझिएको छ। त्यही क्रममा सोमबार दिउँसो प्रचण्ड र नेपालबीच सिंहदरबारमा लामो संवाद भएको थियो । ओलीको प्रस्तावबारे अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । स्रोतका अनुसार त्यसक्रममा एमालेले समर्थन गर्ने भएकोले 'तपाईंले पनि समर्थन गर्नुहोस्' भन्ने आशय व्यक्त गरेको बताएका छन् ।
त्यसैले प्रचण्डले पनि राष्ट्रपतिका लागि माधव नेपालको नाम ओलीले प्रस्ताव गरे के गर्ने भनेर कांग्रेस नेताहरूलाई सोधेको प्रसंग आएको बताइन्छ । राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेको अवस्थामा प्रचण्डलाई पनि सकस पर्नेछ । एमाले स्रोतका अनुसार ओलीले माधव नेपाल वा झलनाथ खनालमध्ये एक जनालाई राष्टपतिको उम्मेदवार बनाउने तयारी गरेका छन् । त्यसको सन्देश पार्टी पंक्तिलाई दिएको बताएका छन् ।
तर, माधव नेपाललाई राष्ट्रपति बनाउँदा पार्टी मिलाउन सजिलो हुने भएकोले उनले भेटेर प्रस्ताव गरेको पनि बताइएको छ । ओलीनिकट स्रोतका अनुसार ओली र नेपालबीच भेट भएरै छलफल भएको हो, उक्त छलफलमा माधव नेपाललाई पार्टी एकता गराउन पनि भनिएको बताएका छन्।
Comments