मनकामना दर्शन प्रा.लि.प्रालीद्वार शहिद लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग

Bhugolpark

१० बैशाख, २०८१,१६:५०

भूगोल पार्कले निरन्तर सामाजिक, आर्थीक, राजनैतिक, मनोरञ्जन,पर्यटन आदिको समचार पाठक वर्गलाई दिदै आएको छ ।आज भने हामी नेपालकै पहिलो मनकामना केबुलकारले करोडौँ पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई सेवा प्रदान गर्दै अर्थोपार्जन गर्दै आएको छैन ।यसले सामाजिक उत्तरदायित्व(corpotate social responsibility) को काम पनि गर्दै आएको छ।

आज भने मनकामना केबुलकारका प्रालीका ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २,३ र ४ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्र 4 wd JIVO 245 DI ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको बारेमा समाचार लिएर आएका छौं।

ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटारस्थित अग्नी इनकर्पोरेटेड प्रा.लि.को अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई हस्तान्तरण गरेका हुन ।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, २,३ र ४ का वडा अध्यक्ष, वडाको फोहोर व्यवस्थापन समितिका पदाधिकारी र केबुलकारको उच्चस्तरीय व्यवस्थापन टोलीको समेत उपस्थिति रहेको थियो ।हस्तान्तरण गरिएको ट्र्याक्टर वडा २ र ३ को फोहोर व्यवस्थापनका लागि मात्र उपलब्ध गराइएको बताइएको छ ।

मनकामना केबुलकारका प्रालीका निर्देशक राजेश बाबु श्रेष्ठलगायत सिङ्गो टिमले CSR कार्यक्रमअन्तर्गत ट्रेलरसहित महिन्द्रा 4WD ट्र्याक्टर हस्तान्तरण गर्नुभएको खवर पाठक वर्गलाई जानकारी गराउँन पाउँदा भूगोल पार्क परिवार खुसी व्यक्त गर्दछ साथै सामाजिक कार्यमा लागेको मनकामना केबुलकारका प्रालीको उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना व्यक्त गर्दछौं।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुकोलगायत उक्त प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।


85 Views

Comments