नेपाल ‘इन्भेष्टमेन्ट मेगा बैंक’ को कार्यकारी निर्देशकमा ज्योतिप्रकाश पाण्डे नियुक्त

Bhugolpark

८ फाल्गुन, २०७९,१३:४७

भूगोल पार्कको तर्फबाट नेपाल ‘इन्भेष्टमेन्ट मेगा बैंक’ कार्यकारी निर्देशकमा ज्योतिप्रकाश पाण्डे नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक वधाई एवं कार्यकाल सफलताको शुभकामना !

नेपाल इन्भेष्टमेन्ट बैंकको कार्यकारी निर्देशक एवं अर्थशास्त्रका ज्ञाता ज्योतिप्रकाश पाण्डेको जीवनीलाई हेर्दा MBA भारतमा गर्नुभएको थियो ।उहाँले भारतबाट अध्ययन सके पश्चात Nepal Indosuez Bank मा सन् १९८८ सेवा प्रवेश गर्नुभएको थियो।उहाँले अन्तर्राष्ट्रिय विजनेश डिपार्टमेन्ट प्रमुखको रुपमा सन् १९९२ मा काम गर्नुभएको थियो।हिमालयन बैंकमा मार्केटीङ प्रमुखका रुपमा प्रवेश गर्नुभएका पाण्डे बैंक मेनेजरहुँदै क्रडिट बिभागमा सन् २००२ सम्म नौ वर्ष काम गर्नुभएको थियो। नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक-कार्यकारी निर्देशकमा ज्योतिप्रकाश पाण्डे २०१२ भन्दा पहिला काम गर्नुभएको थियो।

नेपाल इन्भेष्टमेन्ट बैंकको कार्यकारी निर्देशकमा पहिलो पटक सन् २०१२ मा ज्योतिप्रकाश पाण्डे नियुक्त हुनुभएको थियो। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको मर्जरपछि पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो। दुई बैंक मर्ज भएर नेपाल ‘इन्भेष्टमेन्ट मेगा बैंक’को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

१००:९० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाल बैंक मर्ज भएका हुन् । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीको मर्जपछि बनेको बैंकको ९० कित्ता सेयर हुनेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपछि बन्ने बैंकमा पनि १०० कित्ता नै सेयर हुनेछ ।

मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतिप्रकाश पाण्डेनै नियुक्त हुनुभएकोछ । कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेष्टमेन्ट बैंकले प्रयोग गरिएको छ ।

मर्जरपछि बैंकको कूल पूँजीकोष ५८ अर्ब र कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ, कूल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ, कूल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।


185 Views

Comments