आयोगद्वार चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताको आह्वान

Bhugolpark

७ फाल्गुन, २०७९,१६:२४

निर्वाचन आयोगले वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

फागुन ७,काठमाण्डौँ।भूगोल पार्कको दृष्टिकोणमा नेपालमा ‘ठूलालाई चैन सानालाई ऐन’भन्ने लोक श्रृतिलाई आधार मानेर हेर्दा अमेरिकाको नागरिकता त्यागेर स्वस्थ पत्रकारीता गरी जनजनको मन मस्तिष्कमा बस्न सफल भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने राजनीतिमा केही गरौं भनेर आएको देखियो।

छोटो समयमा नै उनको पार्टीलाई आम मतदाताले देशकै चौंथो ठूलो दल बनाएर प्रत्यक्षमा रविलगायत युवायुवतीहरूलाई जीताए तर विडम्बना नै भन्नु पर्छ ‘सतिले सरापे’को भनिएको हाम्रो देशमा रवि उप-प्रधान तथा गृहमन्त्री भएपछि सुनीयोजित तवरले स्वार्थ वाझिने गरी मन्त्री भएको भन्दै विभिन्न मिडियाहरूले हरेक दिन लेख लेखे भने न्यायालयले पनि आम जनताले कल्पना गरेभन्दा विपरित रविको नागरिकतामा त्रुटी भएको भन्दै उनको नागरिकता मात्र खारिज गरेन रविको मन्त्री र पार्टी अध्यक्ष पद नै खारिज गरिदियो।

रविले उम्मेदवारको लागि मनोनयन दर्ता गरेमा निर्वाचन आयोगले सुरुमा गर्ने त्यसपछि पत्रकार, राजनीतिक दल एवं वुद्धिजीवी भनाउँदाहरूले न्यायालयको ढोका ढकढक्याउन जान सक्छन र रुपन्देहीमा हालका उप-प्रधान तथा अर्थमन्त्री विण्णु पौडेलका प्रत्यासी उम्मेदवार तत्कालिन गठबन्धन दल कांग्रेस-माओवादीलगायत पाँच दलको समर्थनमा नेकपा एसका उम्मेदवारको उम्मेदवारी नै न्यायालयले खारिज गरिदिए झैं रविको उम्मेदवारी खारिज गर्न सक्ने प्रवल सम्भावना देखिन्छ।अर्कोतर्फ कैलालीमा रेशम चौधरीको उम्मेदवारी खारिज हुन सक्ने देखेर जसरी रेशम चौधरीले उनका बुबालाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाएका थिए ठीक त्यसैगरी रास्वपाले स्वतन्त्र उम्मेदवारी पनि दर्ता गर्नुपर्ने देखिन्छ।कथम्कदाचित राहदानी विवादलाई आधार बनाएर रविको उम्मेदवारी खारिज गरिहाल्यो भने पनि चितवन २ को उपनिर्वाचनमा रास्वपाकै स्वतन्त्र उम्मेदवारको जीत सुनिश्चित हुने देखिन्छ।

आयोगका अनुसार यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिनेछ। नयाँ खुल्ने दलहरूले उपनिर्वाचनमा भाग लिन भने पाउने छैनन्।

तर २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्छ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगको भनाइ छ।

गत मंसिर ४ मा भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतले उनको उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि यहाँ उपचुनाव हुन लागेको हो।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ।

चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगले जनाएको छ। चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार तय भने गरिसकेका छैनन्।



174 Views

Comments