भूगोल पार्कको विचारमा राष्ट्रपतिको मनोनयन गर्ने तिथि-मिति नजिकी दै जादा आम जनतामा अब राष्ट्रपतिमा कुन पार्टीले बाँजी मार्ला भनी चासो र उत्सुकताका बढेर गएको पाइन्छ ।एमालेका नेताहरू प्रचण्डलाई पूर्व सहमति अक्षरश: पालन गर्न दवाव दिइरहेको छन् भने कांग्रेसी नेताहरू भने विगतमा एमालेको प्रधानमन्त्री र राष्ट्रपति भएकै कारण दुई दुई पटक संविधानको हुर्मत लिने काम गरेकोले आफ्नो पार्टीको उम्मेद्वारलाई राष्ट्रपतिमा सघाएर पाँचै वर्ष प्रधानमन्त्री बन्न भन्दै लोभ देखाइरहेको छ। कांग्रेसी नेताहरू पछिल्लो अभिव्यक्ति र स्वयं प्रधानमन्त्री प्रचण्डको समेत राष्ट्रिय सहमतिको सुगा रटाइ सुन्दा राष्ट्रपतिमा नेपाली कांग्रेसले वाजी मार्ने त हैन भन्ने उत्सुक्ता बढेर गएको छ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा स्वीकार्ने बताएका छन्।
महतले राष्ट्रपतिमा माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका हुन्। अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने उनले बताए। संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए।
राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भए पनि राष्ट्रिय सहमतिका लागि सत्तारूढ दल एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरू एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न महतले आग्रह गरे।
‘राष्ट्रपति कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख रहेको हो,’ महतले भने।
एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरूरी रहेको उनले उल्लेख गरे।
प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि नदोहोरिन गरी राष्ट्रपति बनाउनु पर्ने बताए।
‘वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन। एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहलिो बैठकमा नै संसद विघटनको विषयलाई मुल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ,’ महतले भने,‘राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरू छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ।’
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले सघाए कांग्रेसले अहिले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत पाँच वर्षसम्म रहिरहने महतले बताए।
Comments