४ फागुन , काठमाडौं । भूगोल पार्कको दृष्टिकोणमा भारतले बंगलादेशलाई नेपाल र भुटानबाट भारतीय भूमि हुँदै जलविद्युत आयात गर्न दिन सहयोग गर्ने आश्वासन दिनु सकारात्मक कुरा हो। अपार जलस्रोतको धनी देश नेपालले नेपालमा उत्पादन हुने विद्युत भारत र बंगलादेश निर्यात गर्न सके नेपालको अर्थतन्त्र विकासमा कोसेढुङ्गो सावित हुन सक्न सक्छ।नेपाल सरकारले भारत र बंगलादेशको सरकारलाई मनाउँन आवश्यक पहल अविलम्व गर्नुपर्ने देखिन्छ भने भारतले पनि मौखिक आश्वासन मात्र नदिएर सानो अर्थतन्त्र भएको मुलुक नेपाललाई अविलम्व कार्यन्वयन गरोस भन्न चाहान्छौं।
बुधबार ढाकामा भएको दुई देशको परराष्ट्र कार्यालय परामर्श (एफओसी) बैठकमा भारतले नेपाल र भुटानबाट जलविद्युत आयात गर्न सक्ने गरी करिडोर उपलब्ध गराउन सकिने बताएको हो ।
बुधबार भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको छलफलपछि बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले भारत आफ्नो प्रस्तावमा सहमत रहेको बताएका छन् ।
‘भारतीय विदेश सचिव विनय क्वात्राले नेपाल र भुटानबाट भारत हुँदै बंगलादेशसम्म बिजुली पुर्याउन सहयोग गर्ने आश्वासन दिनुभएको छ, आयोजनाबारे छलफल गर्न नेपालका ऊर्जामन्त्री पनि दिल्ली जाँदैछन्’, परराष्ट्र सचिव मोमेनले भनेका छन् ।
दुवैतर्फको प्रसारण लाइन निर्माण एकैसाथ अघि बढाउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरिने परराष्ट्र सचिव मोमेनले जानकारी दिएको टीबीएस न्युजले जनाएको छ ।
बंगलादेशी पक्षले प्रसारण क्षमता र सञ्जाललाई सुदृढ गर्न दुवै देश मिलेर काम गर्न सक्ने प्रस्ताव गरेको छ । ‘भारतीय पक्षले नेपाल–भारतबाट विद्युत् भारत–बंगलादेश सीमासम्म पुर्याउन सहयोग गर्न सक्छौं भन्यो,’ सचिव मोमेनले भने ।
बैठकमा भारतले बंगलादेशलाई प्रसारण लाइनको क्षमता र नेटवर्क बढाउन आग्रह गरेको छ । प्रसारणलाइनको क्षमता कमजोर रहँदा धेरै लाभ लिन सक्ने अवस्था नरहेको परराष्ट्र सचिवले मोमेनले बताए । प्रसारण क्षमता र नेटवर्कलाई सुदृढ गर्न भारत र बंगलादेश दुवैले मिलेर काम गर्न सक्ने पनि उनले बताए ।
Comments