सांसद भण्डारीको मुम्बईमा उपचार जारी, उनको हृदयको चाल पनि सामान्य

Bhugolpark

५ फाल्गुन, २०७९,१०:४५

आज शल्यक्रिया गरिने

फागुन ५,काठमाडौँ — भूगोल पार्क परिवारको तर्फबाट ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका कांग्रेस नेता सांसद चन्द्र भण्डारीको सिघ्र स्वस्थ्य लाभको कामना !

उनको उपचार भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।

उनको अवस्था स्थिर रहेको र आईसियुमा राखेर उपचार जारी रहेको उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलले मुम्बईबाट जानकारी दिएका छन् l

सांसद भण्डारीका पारामिटरहरू सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राख्ने निर्णय भएको नेता कँडेलले बताए । भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको उनले बताए । भण्डारीको शरीरमा फ्लुडको मात्रा डबल गरी शुक्रबार बिहान १०:३० मा पहिलो र दिउँसो १:३० मा दोस्रो शल्यक्रिया गर्ने तयारी थालिएको उनले बताए ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।



205 Views

Comments