अनेरास्ववियुको नेतृत्व छान्न मतदान हुँदै, अध्यक्षमा पाँच नेताको उम्मेदवारी

Bhugolpark

४ फाल्गुन, २०७९,११:१०

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । 

सर्वसम्मत नेतृत्व छान्ने प्रयास विफल भएपछि मतदान प्रक्रिया सुरु हुन लागेको हो । अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला, वाङचु शेर्पा र मोती विकले उम्मेदवारी दिएका छन् ।

निवर्तमान अध्यक्ष सुनिता बरालले सहमतिको प्रयास भए पनि मतदानमै जाने निर्णय भएको बताइन् । 

बिहान ११ बजेपछि मतदान सुरु हुने बताइएको छ । महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । समितिमा उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् ।



252 Views

Comments