सेयर बजारमा दोहोरो (१६.४०) अंकले घटेर २१०५.४६ विन्दुमा

Bhugolpark

३ फाल्गुन, २०७९,१७:०६

काठमाडौं : सेयर बजारमा दोहोरो अंककोकरेक्सन आएको छ। नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.७४ अंकले घटेको छ। नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ ।

सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ६० अंकले ओरालो लागेको थियो। सो दिन ३ अर्ब ४ करोड बराबरको कारोबार भएको थियो।

यसदिन १ अर्ब ७८ करोड बराबरको सेयर कारोबार भयो। २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९कित्ता सेयर १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रूपैयाँमा खरिदबिक्री भयो।

आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह‍यो। सो कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३७२ रूपैयाँको सेयर कारोबार भयो।

यस्तै नगदी ग्रुपको ७ करोड ७४ लाख र एनआईसी एसिया बैंको ६ करोड ९० लाख मूल्य बराबरको कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सूचक घट्यो भने १ को मात्रै बढ्यो।

१२ उपसमूहको सूचक ओरालो लाग्दा मनु एन्ड प्रोको ०.३१ प्रतिशतले मूल्य बढेको हो।



140 Views

Comments