चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता

Bhugolpark

३ फाल्गुन, २०७९,१६:५५

चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

भूगोल पार्कको दृष्टिकोणमा नेपालको कानुनलाई अक्षरश:पालन गरी जिल्ला प्रशासन काठमाण्डौँबाट नेपाली नागरिक्ता पुन:प्राप्ति गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै रास्वपाले सर्वसम्मत उम्मेदवार चयन गरोस एवं फेरी पनि न्यायालयले यो वा त्यो वाहाना वाजी गरेर नेपालीहरूको मन मस्तिष्कमा विराजमान भएका रविलाई उम्मेदवार बन्नबाट रोक्ने दुष्प्रयास नगरीस भन्ने कामना गर्दछौं साथै निर्वाचन आयोगले पनि पहिला रविको विषयमा गरेको निर्णयअनुसार नै उम्मेदवार बनाओस ।अन्यायमा परेका रवि लामिछानेलाई चितवन क्षेत्र नं २ का जनताले विगतको भन्दा पनि भारीमतले जीताउँन भन्ने कामनासमेत गर्दछौं।  

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिनुभयो । अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उहाँको सांसद पद पनि खारेज भएको थियो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले तयारी गरेको हो ।

मङ्सिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार एक सय ६५ मतदातामध्ये ८२ हजार नौ सय ३४ मत खसेको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा पाँच सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरुले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली सङ्कलनको काम रोकिएको छ ।



180 Views

Comments