“हिमालयन लिमिटेड" नामबाट शुक्रबार, १२ गते २०७९ देखि एकिकृत कारोबार सुरु हुने !
भूगोल पार्कले लामो समयदेखि हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यी दुबै बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो।यी दुबै बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम “हिमालयन लिमिटेड"कायम हुने भएको छ ।ती दुबै बैंकलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई तथा कार्यकालको शुभकामना ।
“क” वर्गको हिमालयन बैंक लिमिटेडद्वारा सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरी यही मिति “हिमालयन लिमिटेड" नामबाट शुक्रबार, १२ गते २०७९ देखि एकिकृत कारोबार सुरु हुनेभएको छ।ती दुबै बैंकले एकिकृत कारोबार सुरु गर्ने जानकारी गराउँदै बैंकका सेवा-सुबिधाको लागि निम्न अनुसारको फेरबदल आउने जानकारीसमेत गराएको छ ।
ती दुबै बैंकले प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यलय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ कमलादी, काठमाडौंमा रहने जानकारी गराएको छ ।
हिमालयन बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू System Upgradation / Data Migration का लागि मिति २०७९ फाल्गुण महिना ८ गते सोमबारको सन्ध्याकालिन काउन्टर सेवा, मिति २०७९ फाल्गुण महिना १० गते बुधबार र २०७९ फाल्गुण महिना ११ गते बिहिबार बन्द रहने छन् भने सिभिल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू मिति २०७९ फाल्गुण महिना ८ गते सोमबारदेखि २०७९ फाल्गुण महिना ११ गते बिहिबार सम्म बन्द रहने जानकारी प्राप्त भएको छ।
सिभिल बैंक लिमिटेडका शाखा कार्यालयहरू मिति २०७९ फाल्गुण महिना ७ गते आईतबार सुचारु रहने जानकारी प्राप्त भएको छ।सो अबधिमा हिमालयन बैंकबाट जारी भएको ATM कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारहरु सुचारु रहने छन् ।सिभिल बैंकबाट जारी भएको ATM कार्डहरू (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारका साथै बै बैंकका Mobile Banking App र Internet Banking सेवा भने सो अबधिका लागि बन्द रहने ती दुबै बैंकले जनाएका छन्।
एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिनुहुन सिभिल बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ ।
प्राप्ति प्रक्रियामा उल्लेखित दिनमा दुबै बैंकका शाखा कार्यालयहरू तथा बैंकिङ्ग कारोबार बन्द हुने कारणले ग्राहक महानुभावहरूमा पर्न जाने असुविधा प्रति बैंकले क्षमाप्रार्थी रहेको जनाएको छ।
Comments