फागुन १ मा ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा

Bhugolpark

१ फाल्गुन, २०७९,१०:४८

फागुन १ मा बिदा दिने सरकारको निर्णयमा सत्ता गठबन्धनका दलहरुबाटै विरोध

फागुन १, काठमाडौँ — भूगोल पार्कको दृष्टिकोणमा सार्वजनिक बिदा धेरै भएकाले घटाउनुपर्ने अभिव्यक्ति दिएको एक साता पनि नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ मा ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा दिने अपरिपक्व निर्णय निर्णय गरेका छन् ।

नेपाल जस्तो धेरै दलहरू भएको मुलुकमा हरेक दलको चाहनाअनुसार सार्वजनिक बिदा दिनु न्यायोचित हुँदैन।माओवादीले भन्ने गरेको जनयुद्धलाई अरू दलहरूले सशस्त्र आन्दोलन भनेको वर्तमान परिपेक्षमा फागुन १ मा बिदा दिने सरकारको निर्णयको यत्रतत्र सर्वत्र आलोचना भएको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा उहाँ (दाहाल) ले तत्कालीन प्रधान सेनापति रुक्मांगत कटवाल हटाउने अपरिपक्व निर्णय प्रचण्ड सरकार ढलेको थियो।त्यसैले प्रचण्डले सत्ता गठबन्धन दलहरूकै असहमतिमा घोषणा गरेको सार्वजनिक बिदा माओवादी पार्टीलाई नै प्रत्युत्पादक सिद्ध हुने देखिन्छ।दाहाल सरकारले नै यसअघि पुस २७ मा ‘पृथ्वी जयन्ती’ मनाउन सार्वजनिक बिदा थपेको थियो । 

माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिन २०५२ फागुन १ को सम्मानमा हरेक वर्ष पार्टीस्तरमा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको थियो । माओवादी चौथो पटक सत्ताको नेतृत्वमा पुगेका बेला यसपालि ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा घोषणा गरिएको हो । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएरआआफ्नो दाउ हेरिरहेका मुख्य राजनीतिक दलहरूले चर्को प्रतिक्रिया दिन नसक्ने स्थितिका बेला प्रधानमन्त्री दाहालले सार्वजनिक बिदाको निर्णय गरेका छन् । संघ सरकारले घोषणा गर्नुअघि माओवादीले नेतृत्व गरेका कर्णाली र वाग्मती प्रदेश सरकारले प्रदेशस्तरमा सार्वजनिक बिदाको निर्णय गरेका थिए ।

सरकारले फागुन १ मा बिदा दिने निर्णय आकस्मिक रूपमा आइतबार गरेको भन्दै सत्ता गठबन्धनका दलहरूबाटै विरोध भएको छ । सत्ता घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरू बिदा दिने विषय मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा रहेको जानकारी पाएपछि बैठकमा अनुपस्थित भएका थिए । मन्त्रिपरिषद्ले निर्णय गरेपछि दाहालको जिम्मेवारीमा रहेको गृह मन्त्रालयमार्फत बिदाको निर्णय सार्वजनिक गरिएको थियो । निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।


219 Views

Comments