बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

Bhugolpark

२७ माघ, २०७९,११:३९

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

२७ माघ, काठमाडौं ।भूगोल पार्कको दृष्टिकोणमा बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको आजको बैठकलाई आम वुद्धिजीवीहरूले महत्वकासाथ हेरेका छन्। रास्वपालाई उप-प्रधान तथा गृहमन्त्रालय नदिएको कारण सो पार्टी सरकारबाटै बाहिरीएको छ।उसको समर्थन पनि फागुन २५ मा हुने राष्ट्रपतिको चुनावसम्म मात्र दिने पत्रपत्रीकामा समाचार आएको छ।

नेपालमा भारतीय नागरिकहरूले कौडीको भाउँमा नेपाली नागरिकता लिइसकेका छन् सो विषयमा न १२ भाई पत्रकार लेख्छन् नत सरकारले उनीहरूको नागरिकता नै छानविन गर्ने हिम्मत गर्छ तर नेपालमा जन्मेका रविलाई भने कहिले नागरिकता त कहिले राहदानी दुरुपयोग गरेको आरोपमा सासंद पदनै खारिज गर्यो ।हाल राहदानी दुरुपयोग गरेको आरोपमा उनको मुद्धा अदालतमा विचाराधिन छ।१२ भाई पत्रकार अहिले पनि रास्वपा अध्यक्ष रविको नागरिकता नै बदर भएकोले उनी र उनको पार्टीको खारिजीको माग गर्दै हातै धोएर पत्रपत्रिकामा सुनीयोजीत तरिकाले लेखिरहेका छन्।

सरकारमै रहेर पनि राजावादी पार्टी राप्रपाले संघीयता विरोधी अभिव्यक्ति दुई जना मन्त्रीले दिइसकैका छन् तर नत प्रधानमन्त्री प्रचण्ड उनीहरूलाई स्पष्टीकरण नै सोध्छ नत १२ भाई पत्रकारनै उनीहरूको बारेमा लेख्छन्।

सत्तारुढ गठबन्धन दलले नागरिक उन्मुक्ति पार्टीकै समर्थनमा सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)मुख्यमन्त्री राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेको थियो तर नागरिक उन्मुक्ति पार्टीका राजबन्दिहरूलाई रिहाई गर्ने सम्झौंता कार्यन्वयनको त परको कुरा केहि दिन पहिले कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई जेल चलान गर्नु,जसपालाई सरकारमा सहभागी गराउँन नसक्नु एवं माधवकुमार नेपालको पार्टी नेकपा एसलाई केन्द्रदेखि प्रदेशसम्म सरकारमा सहभागी नगराउँनु आदि कारणले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारमात्र नभई अरू प्रदेश एवं केन्द्रसरकारको समीकरण फेरबदल हुन सक्ने देखिन्छ।त्यसैले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकलाई लिएर बजारमा यत्रतत्र सर्वत्र चासो र उत्सुक्ताको साथ हेरिएको छ ।

हिजो बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।



232 Views

Comments