सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ।
२६ माघ, धनगढी।भूगोल पार्कको दृष्टिकोणमा नागरिक उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग पूरा नगरेको एवं १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी धनगढीबाट माघ २० गते जेल चलान भएको कारणले नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको हो।
सत्तारुढ गठबन्धन दलले नागरिक उन्मुक्ति पार्टीकै समर्थनमा सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)मुख्यमन्त्री राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेको थियो तर नागरिक उन्मुक्ति पार्टीका राजबन्दिहरूलाई रिहाई गर्ने सम्झौंता कार्यन्वयनको त परको कुरा केहि दिन पहिले कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई जेल चलान गर्नु, माधवकुमार नेपालको पार्टी नेकपा एसलाई केन्द्रदेखि प्रदेशसम्म सरकारमा सहभागी नगराउँनु एवं रास्वपालाई उप-प्रधान तथा गृहमन्त्रालय नदिनु आदि कारणले गर्दा आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारमात्र नभई अरू प्रदेश एवं केन्द्रसरकारको समीकरण फेरबदल हुन सक्ने देखिन्छ।त्यसैले प्रचण्ड सरकारको समीकरण राष्ट्रपतिको निर्वाचनमा वदलिन सक्ने देखिन्छ।
सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार राखेको विश्वासको मतको प्रस्ताव नै अस्वीकृत भएपछि प्रदेश सरकारमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउने बाटो खुलेको छ । चुनावपछि संघदेखि प्रदेशसम्मै नयाँ सत्ता गठबन्धन बनेका कारण सबैतिर विपक्षी कित्तामा पुगेको कांग्रेसलाई सुदूरपश्चिमबाट सत्तामा फर्किने बाटो खुलेको हो ।
संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ । अब संविधानको यही प्रावधानअनुसार कांग्रेसलाई सरकार बनाउने बाटो खुलेको हो ।
एमालेका रावल उपधारा (२) ले व्यवस्था गरेको दुई वा दुईभन्दा बढी दलको समर्थनबाट मुख्यमन्त्री बनेका थिए। रावलले विश्वासको मत पाउन नसकेकाले अब उपधारा (३) बमोजिम कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्नेछन् । सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ ।
संविधानको धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था छ । उपधारा १ बमोजिमको बहुमत प्राप्त हुने अवस्था नभएपछि उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा हालको सरकार गठन भएको हो । एमाले सांसद रावल गत २७ पुसमा प्रदेशसभाका ५३ सांसदमध्ये एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनी मुख्यमन्त्री भएको बिहीबार ३० दिन पुगेको छ । तर, उपधारा ४ बमोजिम विश्वासको मत लिने बेला उनले मुख्यमन्त्री नियुक्त हुँदा पाएको समर्थन गुमाएका छन् ।
उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन काठमाडौंबाट धनगढी आएनन्।
रावलले माघ २५ गते दिउँसो १ बजे विश्वासको मत लिने भनेर सभामुखलाई संसद बैठक बोलाउन पत्राचार गरेका थिए।
काठमाडौं गएका नागरिक उन्मुक्ति पार्टीका सांसद धनगढी नफर्किएपछि बैठक आजलाई सारिएको थियो।
आज पनि दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।
निर्धारित समयभन्दा केही ढिलो गरी बसेको आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउने सम्भावना सकिएको थियो।
विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा
२६ माघ, धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् ।
उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भएसँगै उनी स्वत: पद मुक्त भएका थिए ।
२७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।
सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता शाहलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त गर्ने तयारी गरिएको छ ।
एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि आजै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् ।
स्रोतका अनुसार प्रदेश सभाको ठूलो दल नेताका हैसियतले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।
विश्वासको मत नपाएपछि बिहीबार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए ।
शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । उनले १० हजार ४३३ मत ल्याएका थिए ।
कांग्रेसको केन्द्रीय महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेका उनी जिल्ला अधिवेशनदेखि संस्थापन अर्थात् देउवा पक्षमा छन् । उनी ०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएका थिए ।
Comments