बसन्तपुर दरबार स्क्वायरमा “राउण्ड टेवल नेपाल” ले १८ देखि ४० वर्ष उमेर समूहका लागि सुनौलो अवसर !

Bhugolpark

६ बैशाख, २०८१,१२:०६

कार्यक्रम ४ मार्च २०२३, शनिबार

भूगोल पार्कले छिटोछरीतो तरिकाले सत्य-तथ्य सूचनालाई पोलिङ सर्भे गरी पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको नेपालको भरपर्दो निकाय हो।आज हामी पिछडिएका समुदायका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गर्नको लागि “राउण्ड टेवल नेपाल” ४ मार्च २०२३, शनिबार बसन्तपुर दरबार स्क्वायरमा हुने उत्कृष्ट कार्यक्रममा सहभागिता जनाउने शुभ अवसर नगुमाउँनुहुन आम नेपाली दाजुभाई दिदी बहिनीहरूलाई हार्दिक अपिल गर्दछौं।

 आज हामीले“राउण्ड टेवल नेपाल” को बारेमा हाम्रा पाठक वर्गलाई सही सूचना दिने जमर्को गरेका छौं।

“राउण्ड टेवल नेपाल” ले १८ देखि ४० वर्ष उमेर समूहका गैर-राजनीतिक र गैर-साम्प्रदायिक युवाहरूको संगठन भएको बताएको छ।“राउण्ड टेवल नेपाल”ले युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्ने बताएको छ।

“Round Table Nepal” को मिशन भनेको नेपालमा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्नु हो जसले गर्दा पिछडिएका समुदायका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जनाएको छ।

कार्यक्रमको बारेमा

“राउण्ड टेवल नेपाल” ४ मार्च २०२३, शनिबार बसन्तपुर दरबार स्क्वायरमा “5K Fun Run” घोषणा गर्दैछ। “World Obesity Day” को अवसरमा स्वस्थ जीवनयापनको महत्व र मोटोपना विरुद्ध जनचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएको छ।

यो कार्यक्रमको व्यवस्थापक

“N.R.S. Sports Foundation” गर्ने जनाएको छ। यस फाउन्डेसनले १६-१८ वर्षदेखि नेपालभरी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सर्वविदित नै छ।

रजिष्ट्रेशनको लागि दर्ता खुला

Febuary ४ देखि दर्ता खुल्ला हुनेछ । Khalti मार्फत मात्र टिकट किन्न सकिने जनाएको छ।सो को जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो।उक्त पत्रकार सम्मेलनमा “राउण्ड टेवल नेपाल” का उपाध्यक्ष: त्रि. नितेश अग्रवाल, Kathmandu Elites Round Table Chairman अध्यक्ष: ट्र. आशिष गोयल, Kathmandu Elites Round Table Organizer: ट्र. धिरज गोल्छा, NRS खेलकुद प्रतिष्ठान: बागमती राई, राष्ट्रिय च्याम्पियनः सन्तोषी श्रेष्ठ, राष्ट्रिय च्याम्पियन: सोनी गुरुङ एवं ओलम्पिकका भूपु अध्यक्ष: Ragu onta आदि प्रतिष्ठित व्यक्तित्वहरूले सहभागिता जनाउनु भएको थियो।

“Run for Obesity" भन्ने नारासहितको “The Fun Run” ले १००० सहभागीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।यो कार्यक्रम बिहान ७:३० बजे सुरु हुने जनाएको छ। कार्यक्रमलाई “The Plumber Pipes” टाइटल स्पोन्सर र “King Koil Mattress” लाई गोल्ड स्पोन्सरको रुपमा सहयोग गर्ने भएको छ ।

यो “5K Fun Run” समुदायको लागि आयोजना हुनलागेको सो कार्यक्रमा घरपरिवार छिमेकी आफन्त एक साथ आउन र स्वस्थ जीवन प्रवर्द्धन गर्ने सुनौलो अवसर नगुमाउँन भूगोल पार्क परिवार कामना गर्दछ।

“Round Table Nepal”ले सबैलाई रमाइलोमा सामेल हुन र धेरैको जीवनमा परिवर्तन ल्याउन वा मद्दत गर्न राम वाण सावित हुने उक्त कार्यक्रममा सक्रिय सहभागिताको लागि आम नेपाली बाआमा दाजुभाई दिदीबहिनीहरूलाई भूगोल पार्क परिवार हार्दिक आमन्त्रित गर्दछ।


22 Views

Comments