प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरू

Bhugolpark

२३ माघ, २०७९,१०:५८

राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादीकी राष्ट्रियसभा सदस्य उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने भएकी छिन।

२३ माघ,काठमाडौं: सत्ता गठबन्धन दलका साझा उम्मेदवार माओवादीकी राष्ट्रियसभा सदस्य उर्मिला अर्याललाई कांग्रसलगाएतका दलहरूलेसमेत उनलाई नै समर्थन गर्दै हिजो अरू कुनै पनि दलले उम्मेदवारी नदिएकोले उनी आज स्वत राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने भएकी छिन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका छन्।

केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफलमा विधेयकसम्बन्धी छलफल सुरू गरेका हुन्।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आजलाई बोलाइएको छ। बैठक ११ बजेर ५९ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बोलाइएको छ। 

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। 

त्यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विधयान व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्यांकन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।



189 Views

Comments