रास्वपाले समर्थन कायम राखेकाले प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत भने लिनु नपर्ने

Bhugolpark

२२ माघ, २०७९,२०:२१

“अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौँ , म जेल परे पनि रास्वपा अघि बढ्छ,” उनले भने, “म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।” : रवि लामिछाने

नेपालको संविधान धारा १००को उपधारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

माघ १५ गते बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका रवि लामिछानेले माघ १५ गते दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र पुन: प्राप्त गरेका थिए।उनलाई माघ १५ गते बेलुका नै रास्वपाले पार्टी सभापति बनाउएको थियो भने रवि लामिछानेले सोही दिन नै पदभारग्रहण गरेलगत्तै प्रधानमन्त्रीलाई भेटेर फेरि गृहमन्त्री बनाउन माग गरेका थिए जुन कुराको भूगोल पार्कले जायज ठानेको थियो।प्रधानमन्त्री प्रचण्डले ‘खोला तर्यो लौरो बिर्स्यो’ भने झैं गरेमा आगामी दिनमा उहाँकै लागि प्रत्युत्पादक सिद्ध हुनसक्छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृह मन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो । 

बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ ।  रास्वपाबाट सरकारमा मन्त्रीहरू बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए ।

सभापतिले लामिछानेले सञ्चारमाध्यममाथि आक्रोश पोखेका थिए। सञ्चारमाध्यमहरू नियतले नै आफूमाथि लागिपरेको उनको भनाइ थियो। 

लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरे । सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘मिडियाका १२ भाइले’ आफूलाई पासपोर्टमा फसाउन खोजिरहेको आरोप लगाएका छन्।

उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘पासपोर्टमा मलाई मजाले फसाउनुहोला। म लड्छु। आफ्नो मुद्दामा म आफै मजाले लड्छु।’ लामिछानेले आफूलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए।

‘उनीहरुबीच मिटिङ भइसक्यो। मिलिसके। फौजदारी मुद्दामा फसाउन सकिन्छ भन्ने लागिसक्यो,' ‘यति भनेपछि १२ भाइलाई पासपोर्टमा केन्द्रित हुन्छन्’, लामिछानेले भने।

लामिछानेले पत्रकार सम्मेलनको अधिकांश समय कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रकाशक धर्मराज भुषाल, अन्नपूर्णका प्रकाशक रामेश्वर थापा, सेतोपाटीको प्रधान सम्पादक अमित ढकाललगायतको आलोचना गरे।

उनले यी मिडिया हाउससँग जोडिएको भन्दै विभिन्न घटनाक्रमहरू पनि सार्वजनिक गरेका थिए।

उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा अलिअलि झोँक पनि चलेको स्वीकार गरे । ‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो नि रिस उठिहाल्छ नि ! उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’

उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय लिएको उनले बताए ।

उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पाँच वर्षपछि सरकार बनाउनेगरी अभियान चलाउने बताएका छन्। आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने र प्रधानमन्त्री हुने उनको दाबी थियो।

'गृहमन्त्री मात्र होइन, सरकारको नेतृत्व गर्नेगरी, अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौं। म जेल परे पनि रास्वपा अघि बढ्छ। म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ,' पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

उनले निर्वाचित नभएसम्म कुनै पदमा नजाने उद्घोष गरे। ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ,’ उनले भने। 

पत्रकार सम्मेलनमा सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । सरकारलाई दिएको समर्थन कायम राख्ने रास्वपाको निर्णयलाई प्रचण्ड सरकारलाई सुरक्षित राखेको छ । 

सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले यदी समर्थन फिर्ता लिएको भए प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो । तर, रास्वपाले समर्थन कायम राखेकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने लिनुपर्ने अवस्था भने आएन । 

नेपालको संविधान धारा १००को उपधारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । जस कारण रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै बाहिरिँदा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने देखिँदैन । रास्वपाबाट सरकारमा सहभागीहरुले आइतबार नै मन्त्रीबाट राजीनामा दिने तयारीमा छन् । 


158 Views

Comments