२२ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
भूगोल पार्क परिवारको तर्फबाट ९५ वर्षको उमेरमा स्वर्गवास हुनुभएका नेपालको मूर्धन्य व्यक्तित्वका धनी नेपालको पहिलो गभर्नर हिमालयशमशेर राणालाई हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहान्छौं।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् ।
Comments