प्रदेश ५ को स्थायी राजधानी दांगको देउखुरी र नाम लुम्बिनी प्रस्ताव पारित भएको छ ।प्रदेश ५ मा १२ जिल्ला छन् । तीमध्ये भौगोलिक रुपमा बुटवल पायक पर्ने र दाङ पायक पर्ने जिल्लाको संख्या आधाआधी छन् ।प्रदेश ५ का साविकका तिन अञ्चल लुम्बिनी, राप्ती र भेरी अञ्चल को प्रशासनिक मनोभाव, आर्थिक क्षमता,वित्तीय अवस्था, भौगोलिक सुगमता र जनभावना विश्लेषण गरेर राजधानी तोक्नुपर्नेमा नेताहरले राजनीतिक दाउपेच र प्रतिष्ठाको विषय बनाएकोले पनि थप पेचिलो बन्न पुगेको हो ।
प्रदेश ५ को राजधानि दाङको देउखुरी र प्रदेश नाम लुम्बिनी राख्ने निर्णय कस्तो लाग्यो ?