विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

Bhugolpark

१९ माघ, २०७९,११:२३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। 

१९ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

प्रचण्डको सरकारले अब नेपालमा ‘दोहोरो अङ्कको आर्थिक वृद्धि’ गर्छौं भनेको अर्थ मन्त्रलयले फजुल खर्ज घटाउँन भनेर हालै विभिन्न निर्णय गरेको वर्तमान परिपेक्षमा हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको खवरले थोरै भएपनि सरकारले ‘भ्रष्ट्रचारमा शुन्य सशनशीलता’को नारा पूरा भएको भान भूगोल पार्कलाई भएको छ।यसै गरी नेपालका राष्ट्र सेवक कर्मचारीहरूले पनि सरकारले प्रतिपादन गरेको 'भ्रष्ट्रचारमा शुन्य सशनशीलता’को नारालाई दत्तचित्त भई कार्यन्वयन गरी नेपालको पहिचान विश्वमा उचो राखुन भनी कामना समेत गर्दछौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए । ३५ वर्षिय क्यानेडियन नागरिक मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।उनी पहिलो पटक नेपाल आएका व्यक्ति हुन्।  

केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।

उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो । स्वास्थ्य परीक्षण गरेर उनलाई गौशाला प्रहरीमा लैजाँदा बिहीबार बिहान करिब ३ बजेको थियो ।


199 Views

Comments